वैदेशिक रोजगारबाट बीमा कम्पनीले आर्जन गरे सवा २ अर्ब बीमा शुल्क, कसको कति ?

  २०७६ भदौ १८ गते १७:३२     विकासन्युज

काठमाडौ । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा गएका जनशक्तिबाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो रकम मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५१ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ ।

कम्पनीले गत आवमा ३९ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स परेको छ । प्राइम लाइफले ३५ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्यांकले देखाएको छ । मुलुकमा बीमा

व्यवसाय संचालन गरिरहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाले वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् ।

एलआईसी नेपाल, अमेरिकन लाइफ, आइएमई लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा सहभागिता नजनाएका हुन् ।

वैदेशिक रोजगार सम्बन्धी बीमालाई कम्पनीहरूले आफ्नो पक्षबाट प्रवद्र्धन गर्दै सवल र सक्षम बनाएकाले बिमितलाई समेत सहज वातावरण सिर्जना भएको बीमा समितिले जानकारी दिएको छ । समितिले बिमित तथा बीमा कम्पनीको हितमा काम गर्दै बीमा बजारको समृद्धीमा जोड दिने बताएको छ ।

सूर्या नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डेले बीमा शुल्क भन्दा पनि कतिले बीमा गरे र कतिको दाबी भुक्तानी भयो भन्ने कुराले महत्व राख्ने बताए ।

उनले एउटा सूचकमा यो कम्पनी अगाडी भएपनि विभिन्न सूचकमा अरु कम्पनीहरू पनि अघि बढेको उनले जानकारी दिए । तथ्यांकले समग्र बीमा बजारमा बिमितको आकर्षण बढेको देखाएको समितिले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.