एटीएम ह्याकिङ प्रकरणबारे बैंकरहरुकाे आकस्मिक बैठक बोलाउदै राष्ट्र बैंक

  २०७६ भदौ १५ गते ११:३७     विकासन्युज

काठमाडौं । कार्डमार्फत् हुने अनलाइन भुक्तानीमा समस्या देखिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक बैठक बाेलाउने तयारी गरेको छ । नबिल बैंकसहित ६ ओटा बैंकको सिस्टम ह्याक गरेर पैसा निकालिएको थाहा भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आकस्मिक छलफल गर्न लागेको राष्ट बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

अहिलेसम्म ६/७ ओटा बैंकको एटीएम ह्याक भएको र डेढ करोड रकम हराएको भन्ने जानकारी आएको छ, उहाँहरुलाई बोलाएर छलफल के भएको रहेछ र अब कसरी अगाडी बढ्ने भन्नेबारे छलफल गर्छौँ,  सुरक्षा प्रत्याभूतिका लागि सबै एटीएमहरु बन्द गर्नुपर्ने अवस्था पनि हुनसक्छ’- शिवाकोटीले विकासन्यूजसँग भने ।

यसबारे नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेम्स)ले समेत बैंकरहरुसँग बैठक बोलाएर आकस्मिक रुपमा अहिले छलफल गरिरहेको छ ।

यता, नबिल बैंकको एटीएमबाट पैसा चोर्दा चोर्दै पाँच चिनियाँ नागरिक पक्राउ परेको घटनाबारे महानगरीय प्रहरी परिशर काठमाडौँले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.