कोलकातामा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालन

  २०७६ भदौ १५ गते १०:४८     विकासन्युज

काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो ।

सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउ हो । सीएफएस निर्माण र संचालनमा नेपाल सरकारबाट भएको महत्वपूर्ण पहल र प्राप्त सफलताका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ ।

कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाई आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्ने तर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्न जाने महासंघको विश्वास छ । आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अव कम खर्चमै कार्गो राख्न सक्ने छन् । उक्त सीएफएसमा करिव ५ सय कन्टेनर राख्न सकिने वुझिएको छ ।

सीएफएसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले विहीवार एक समारोहका बीच शुभारम्भ गरे । शुभारम्भ समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, कोलकत्तास्थित महावाणिज्य दूत, नेपाली उद्यमी व्यवसायीहरू, कोलकाता पोर्टका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

उक्त समारोहमा भाग लिइरहनु भएका महासंघका उपाध्यक्ष प्रधानले नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्ने बताउनु भयो । कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैया ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दावी छ । यसले एकातिर व्यवसायीको लागत घटाउंछ भने अर्कोतिर त्यसको फाइदा अन्ततोगत्वा नेपाली उपभोक्तामा पर्ने उनले बताए ।

२०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू भएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.