गोल्यान ग्रुपले ल्यायो माटो ब्राण्डका अर्गानिक तरकारी र फलफूल, मूल्य महङ्गो नहुने

  २०७६ भदौ ८ गते १६:४६     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना गोल्यान ग्रुपले माटो ब्रान्डको अर्गानिक तरकारी तथा फलफूल आइतबारदेखि बजारमा बिक्री शुरु गरेको छ । झापामा २ अर्ब लगानी गरी अर्गानिक तरकारी तथा फलफूल फर्म सञ्चालन गरेको र त्यहाँको उत्पादन बिक्री शुरु गरेको हो ।

माटो ब्रान्डका काउली, बन्द, टमाटर, फलफुल लगायतका उत्पादन भाटभटेनी र बिगमार्ट सहितका स्टोरहरुमा उपलब्ध हुने भएको छ । किसानले उत्पादन गरेको अर्गानिक तरकारी तथा फलफूल पनि ग्रुपले किनेर बजारमा ल्याएर बिक्री गर्ने जनाएको छ ।

माटो ब्राण्डमा कृषिउपज बजारमा ल्याएको गोल्यान एग्रो प्रालिका निर्देशक लतिका गोल्यानले बताइन् । ग्रुपले झापाको फर्मबाट उत्पादन गरेको र अरु किसानबाट सङ्कलन गरेको तरकारी भण्डारण गरी प्याकिङ गरेर बजारमा पठाइने उनले जानकारी दिइन् । उनले भनिन्-अब उपभोक्ताले अर्गानिक ताजा तरकारी खान पाउने छन् । झापामा २ सय विगाह जमिनमा आफैंले उत्पादन गरिरहेका छौँ ।

ग्रुपले किसानलाई अर्गानिक उत्पादन गर्न सहयोग गर्ने र उत्पादित तरकारी तथा फलफूल माटो ब्रान्डले नै किनेर विचौलिया मुक्त गरी आफैँले बजारमा पुर्याउने गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए । माटो ब्रान्डले बजारमा ल्याएको तरकारी उपभोक्तालाई महँगो नहुने बताए । उनले हामीले ल्याएको अर्गानिक तरकारीको मूल्य बजारमा रहको विषादीयुक्त तरकारीको मूल्य बराबर हुने र अर्गानिक तरकारी भन्दैमा उपभोक्ताले महँगो तिर्नु नपर्ने बताए । बिस्तारै ‘माटो’ ब्राण्डको तरकारी देश तथा विदेशमा समेत निर्यात गर्ने लक्ष्यका साथ काम भैरहेका बताए ।

नेपाली बजारमा विषादीयुक्त तरकारी तथा फलफूलको बिक्री बढ्दै गएको र त्यसले मानव स्वास्थ्यमा असर गरिरहेको छ । गाउँगाउँमा गएर किसानसँग समन्वय गरी तरकारी तथा फलफूल उत्पादन र बिक्रीमा सहयोग पुर्याउने ग्रुपले जनाएको छ । ग्रुपले हाल तरकारी मात्र बजारमा ल्याएको र छिट्टै स्ट्रबेरी, कागती, आँप, मेवा, ड्रागन फूड, एभोकाडो, खुर्सानी, तरवुज, लगायत बजारमा ल्याउने तयारी गरेको छ । साथै, भविष्यमा गोल्यान समूहले अर्गानिक उत्पादनलाई विदेश निर्यात गर्ने योजना पनि अगाडि सारेको छ ।

बैंकिङ व्यवसायमा रहेको ग्रुपले पछिल्लो समय कृषि क्षेत्रमा पनि सक्रियता बढाउँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.