मौसम अनुसार दूधको मूल्य निर्धारण गर्ने तयारीमा सरकार

  २०७६ भदौ ४ गते १०:४०     विकासन्युज

काठमाडौं । पछिल्लो समय दूधको मूल्य मौसम अनुसार दुई किसिमले निर्धारण हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले बैशाखदेखि भदौसम्म (पाँच महिना) प्रतिलिटर ८ रुपैयाँ वृद्धि गर्ने र असोजदेखि चैत्रसम्म (सात महिना) प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउने तयारी गरेको हो ।

उक्त बैंठकमा कृषिमन्त्री चक्रपाणि खनाल, कृषि राज्यमन्त्री राजकुमारी चौधरी, दुद्य विकास संस्थानका प्रमुख बाबुकाजी पन्त, खाद्य प्रविधि तथा गुणस्तर विभागका प्रतिनिधि विच भएको छलफलबाट नेपालको दूध उत्पादनको अवस्थालाई मध्यनजर गरि सो मूल्य निर्धारण गर्ने तयारी भएको मन्त्रालयको गोप्य स्रोतले बताए । उक्त बैंठकमा कृषिमन्त्री खनालले यस विषय आफुले एकपटक प्रधानमन्त्रीसँग छलफल गरेर मात्र दूधको मूल्य घोषणा गर्ने जानकारी दिएका हुन् ।

हाल बजारमा प्रतिलिटर ७० रुपैयाँमा विक्री हुँदै आएको दूध फ्लस सिजनको लागि ८.२८ प्रतिशत र लिन सिजनमा प्रतिलिटर १४.२९ प्रतिशत मूल्य बढाउन दुद्य विकास बोर्डमा निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यदलले सिफारिस गरेको थियो ।
दूध बढी उत्पादन हुने मौसममा दूध नबिक्ने किसानहरुको गुनासोसँगै कम उत्पादन हुँदा माग अनुसार आपूर्ति गर्ने नसक्ने भएकाले दुई थरी मूल्य निर्धारण गरेकाे हाे ।  मन्त्रालयले तथा दूद्य विकास संस्थान एवं खाद्य प्रविधि तथा दूध व्यवसायीहरु सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

यस अघि सरकारले वि.सं.२०७१ सालमा प्रतिलिटर ८ रुपैयाँ बढाएर प्रतिलिटर ६४ रुपैयाँ बिक्री गरेको थियो भने वि.सं. २०७४ साल भदौ १ गतेदेखि प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरि ७० रुपैयाँमा प्रतिलिटर दूध विक्री वितरण शुरु गरेको थियो । हालसम्म बजारमा सोही मूल्यमा दूध विक्री भईरहँदा कृषि उत्पादनदेखि अन्य सामाग्रीको मूल्य बढेसँगै किसानहरु मारमा पारेको गुनासो आइरहँदा केहि समय अगाडी नेपाल डेरी एशोसियसन र दुद्य विकास संस्थान मूल्य बढाउनु पर्ने माग मन्त्रालयमा प्रेश गरेको थियो ।

हाल नेपालमा दूधको अवस्था
नेपालमा बर्सेनी २० देखि २२ लाख टन उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा जीडीपीले ९ प्रतिशत योगदान पुराउँदै आएको छ । नेपालभरी रहेका दुद्य उद्योगहरुमा मात्र ३० अर्ब लगानी छ भने वार्षिक उक्त उद्योगहरुबाट एक वर्ष राजस्व उठ्ने गरेको छ । नेपालमा प्रतिव्यक्ति वार्षिक ७२ लिटर दूध प्रयोग गर्ने गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ । करिब दूद्यलाई सहजिकरण गरि बजारसम्म ल्याउनका लागि हाल १८ सय सहकारी संस्थाहरु संलग्न रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.