६ बैंकको आरओई घट्यो, एनआईसी एशियाको छलाङ, कुन बैंकको अवस्था कस्तो ?(सूची सहित)

  २०७६ भदौ ३ गते १०:४२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकका सेयरधनीले औसतमा १७.२३ प्रतिशत आम्दानी गरेका छन् । यसको अर्थ १ सय रूपैयाँ बैंकमा लगानी गर्दा त्यसले १७.२३ रूपैयाँ कमाउँछ भन्ने हो । रिटर्न अन इक्वीटी (आरओई) भनेको लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो । कूल आम्दानीलाई सेयरधनीको ‘इक्वीटी’ ले भाग गरेर यस्तो अनुपात निकालिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो १ दशमलव ८५ प्रतिशतले बढी हो । २०७५ असार मसान्तमा वाणिज्य बैंकहरूको यस्तो अनुपात १५.३८ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा बैंकको व्यवसायिक विस्तार राम्रो भएकाले बैंक मुनाफा बढेको र यसले आरओई वृद्धिमा टेवा पुगेको बैंकहरुले जनाएका छन् । गत आवमा बैंकहरूले औसतमा १८.१९ प्रतिशतले कर्जा विस्तार गरेकाले पनि सेयरधनीको प्रतिफल बढेको हो ।

कर्जा विस्तार हुँदा बैंकहरूको मुनाफा अघिल्लो आवको तुलनामा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । राष्ट्र बैंकले गरेको नीतिगत सुधार र दिएको सुविधा ऋण असुलीमा समेत ग्राहकहरुले गरेको सहयोगले बैंक मुनाफा बढेको छ । मुनाफा बढेपछि आरओई बढ्नुलाई स्वाभाविक मानिन्छ ।

केही बैंकको वाहेक अधिकांश बैंकहरूको नाफा दुई अर्ब नाघे पनि बैंकहरुले लगानीकर्ताको सम्पत्ति माथि दिने प्रतिफल भने सोही अनुपातमा बढ्न सकेको देखिदैन । पछिल्लो ५ वर्षको बैंकहरुको रिटर्न अन इक्वीटी (आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । बैंकहरूको आरओई नै लगानीकर्ताले पाएको प्रतिफल हो ।

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये गत असारसम्म राष्ट्रिय वाणिज्य बैंकको आरओई सबैभन्दा धेरै २९.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलानमा गत वर्ष यो बैंकको खुद मुनाफा बढेपनि आरओई भने उच्च दरले बढ्न सकेको देखिदैन । आरओई बढी हुने दोस्रो बैंकमा एनआईसी एशिया रहेको छ । गत असारमा यो बैंकको आरओई २५.६३ प्रतिशत छ । तेस्रो स्थान सानिमा बैंकले ओगटेको छ । उक्त बैंकको आरओई साढे २३.२३ प्रतिशत छ । गत आर्थिक वर्षमा नविल, नेपाल इन्भेष्टमेन्ट, एनसीसी, सिटिजन्स, नेपाल र सेन्चुरी बैंकको आरओई घटेको छ ।

गत आवमा २८ वाणिज्य बैंकको आरओई :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.