रुग्ण आयोजना संचालनपछि ७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच, ‘अब इन्डक्शन चूलो किनोस्’

  २०७६ भदौ १ गते १३:३२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७८ प्रतिशत नेपाली जनतामा विद्युत सेवा पुर्याएको छ । अझै २२ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुग्न वाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण ३५ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको २ वर्षमा सबै नेपालीले विद्युत उपयोग गर्न पाउने बताउँदै इन्डक्शन चूलो किन्न सुझाएका छन् ।

‘७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगिसक्यो, वाँकी २२ प्रतिशतमा पनि २ वर्षभित्र पुग्ने योजना सुनाउँदै उनले ग्यासमा खाना पकाउन भन्दा विजुलीमा सस्तो पर्ने बताए । ‘घरमा विद्युतीय उपकरण (चूलो) प्रयोग गर्न भने उपभोक्ताले १५ एमपीएर क्षमताको मिटर जडान गर्नुपर्छ,’ उनले भने ‘अहिले भइरहेको ५ एमपीएर क्षमताको मिटरबाट खाना पकाउने उपकरण प्रयोग गर्न सकिदैन । यसका लागि आम उपभोक्ताले सो क्षमताको उपकरण जडान गर्न समेत उनले सुझाए ।

इतिहासमै पहिलो पटक सात अर्ब रुपैयाँभन्दा बढी मुनाफा गरेको प्राधिकरणको चार वर्षअघिसम्म ३४ अर्ब ६० करोड कुल संचित नोक्सानी थियो । प्राधिकरणले सो नोक्सानी गएको आवसम्म १५ अर्ब २२ करोड रुपैयाँमा झारेको छ ।

पछिल्लो समय ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए, १४ मेगावाटमो कुलेखानी तेस्रोलगायतका आयोजना र १३२ केभीकोक कावेली करिडोरको प्रसारण लाइन समेत गरी ३८ वटा रुग्ण बनेका आयोजना सम्पन्न भएको समेत घिसिङले बताए ।

हाल प्राधिकरण, निजी क्षेत्र र भारतबाट गरिएको विद्युत आयात समेत गरी प्राधिकरणको प्रणालीमा कुल ७,५५१ मेगावाट रहेको छ । यो परिमाण गएको आवकोभन्दा सात प्रतिशतले बढी हो ।

वार्षिक उत्सव कार्यक्रममा बोल्दै घिसिङले पछिल्ला वर्षमा विद्युत उत्पादन बढ्नुका साथै चुहावट समेत नियन्त्रण भएकोले अब विद्युतलाई अन्य ऊर्जाको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने बताए । कार्यक्रममा उनले खाना पकाउने एलपीजी ग्याँसभन्दा विद्युतीय उपकरण प्रयोग गर्दा सस्तो पर्ने समेत बताए ।

लोडसेडिङको अन्त्यपछि पेट्रोलियम आयातमा कमी आएकोले वैदेशिक मुद्रा बचत भएको उनले बताए । हाल नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । सरकारले देशलाई विद्युतमा आत्मनिर्भर बनाएर निर्यातसम्म गर्ने योजना सहित ५ वर्षभित्र ५ हजार र १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.