रिलायन्सको साधारण सभाले पारित गर्यो ६३ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने प्रस्ताव

  २०७६ साउन ३१ गते १५:०४     विकासन्युज


काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सो सभाले सञ्चालक समितिको आव २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, आव २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ मंसिर १ गतेदेखि जीवन बीमा व्यवसाय संचालन गर्दै आएको छ ।

हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने जनाएको छ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा केडिया सहित अन्य संचालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी र सुन्दरप्रसाद कडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.