लुम्बिनी जनरलको १४ औँ साधारण सभा सम्पन्न, २०% हकप्रद सेयर जारी गरिने

  २०७६ साउन २९ गते १९:४७     विकासन्युज


काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण कम्पनीका अध्यक्ष मनोहर दास मूलले प्रस्तुत गरे ।

बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूंजी पुर्याउनको कम्पनीलाई रु. १२ करोड आवश्यक पर्नेमा साविककै ढाँचामा वित्तीय विवरण तयार गर्दा करिब रु. १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयाँ ढाँचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए ।

बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ बैशाख २५ को बिशेष साधारण सभाको निर्णय अनुसार २०% हकप्रद सेयर जारी गर्न लागिएको मूलले जानकारी गराए ।संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराए ।

आब २०७४÷०७५ मा अघिल्लो बर्षको तुलनामा १२% ले बृद्धि भई करिब रु. १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आब २०७५÷०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.