एशियन कृषि सम्मेलन शुरु, युवालाई आकर्षित गर्न नसकेको मन्त्री खनालको भनाई

  २०७६ साउन २७ गते १३:०७     विकासन्युज

काठमाडौं । एशियन कृषि सम्मेलन तथा पर्दर्शनीमा बोल्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताएका छन् । आजदेखी सुरु भएको उक्त सम्मेलनमा बोल्दै १० वर्ष अघि भूटान, बङलादेश, श्रीलंका भारत जहाँ थिए, अहिले त्यहाँ छैनन्, धेरै फड्को मारिसके । तर नेपालको कृषि जुन गतिमा अघि जानू पर्ने थियो-मन्त्री खनालले भने ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आयोजना गरेको उक्त सम्मेलन तथा प्रदर्शनको उद्घाटन गर्दै कृषिमन्त्री खनालले नेपालको कृषि क्षेत्र विकासका लागि अर्गानिक र आधुनिक परियोजनाको विस्तार गर्दै गरेको र अबको १० वर्षमा कृषि उत्पादनमा फड्को मार्ने दावी गरे । त्यसको मतलब कृषिमा केही भएको छैन भन्ने होइन । युवालाई कृषिमा आकर्षित गर्नमा जोड दिए युवा वैदेशिक रोजगारका लागि जान बाध्य नभई देशमा नै कामको सिर्जना गरि राज्य प्रति जिम्मेवार बनाउनु पर्छ-कृषिमन्त्री खनालको भनाई छ ।

यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ । त्यसको कारण के हो ? त्यस्को दायित्व सरकारले लिनु पर्छ । कृषिमा युवा कार्यक्रमका लागि ५० हजार बजेट विनियोजन भएको छ । त्यसलाई ५ बर्ष सन्चालन गर्छौ । यो वर्ष ५०० युवाबाट सुरु गर्दैछौ । अर्गानिक खेतितर्फ लैजानुको विकल्प छैन । कार्यदलले तयार पारेको प्रतिबेदन तयार भएको छ त्यो प्रधानमन्त्रीलाई बुझाउन मात्र बाँकी छ । किसान समस्यामा छन । बिषादी चेकजाँच फिर्ता लियो भन्ने कुरामा सत्यता नभएकाे जानकारी दिए ।

बाहिर ६ वटा ल्याब छन, जस्ले २ वटा समुह मात्र चेक गर्छ । हामीसङ संरचना नभएको होइन । काठमाडौमा भएको ल्याबले सबै समूहको चेकजाँच गर्छ । तर हरेक नाकामा हरेक ट्रक चेक गर्ने त्यो बैज्ञानिक पनि होइन सम्भब पनि छैन । बाहिर मात्र होइन हाम्रै देशमा पनि बिषादी प्रयोग भएको छ त्यसलाई पनि निरन्तर चेक गरिन्छ । नेपालको कृषिलाई आधुनिकीकरण गर्ने, यान्त्रिकिकरण र बजारिकरण गरिन्छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम भोलिसम्म चल्नेछ । कार्यक्रममा कृषिमा युवा सहभागिता, नेपाली कृषि उत्पादनको बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृति लगायतका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरुसँग कार्यपत्र प्रस्तुत, प्लेनरी शत्र, अनुभव आदान प्रदान तथा नेटवर्किङ्ग तथा नेतृत्व विकास कार्यक्रम हुने जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.