उद्योग सचिव खतिवडा लेखा समितिको बैठकमा अनुपस्थित, हुवासिन सिमेन्टबारे भएन छलफल

  २०७६ साउन २१ गते १५:३१     विकासन्युज


काठमाडौँ । चिनियाँ लगानीमा धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट बार छलफल गर्न बोलाइएको लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत अनुपस्थित भए ।

बैठकमा अनुपस्थित उद्योग सचिव खतिवडासँग लेखा समितिले स्पष्टीकरण लिने भएको छ । सचिव खतिवडाले समितिलाई कुनै जानकारी नदिई बैठकम अनुपस्थित भएकी हुन् भने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले आफू काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसक्ने जानकारी दिएको समितिका सचिव डा रोजनाथ पाण्डेले बताए ।

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन सो कम्पनी विवादमा तानिएपछि छानबीन गर्न सांसद लेखराज भट्टको नेतृत्वमा उपसमिति गठन गरिएको छ । उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

हुवासिन सिमेन्टलाई जग्गा भाडामा दिनेसम्बन्धी सम्झौता खारेज गर्न उपसमितिको सिफारिस

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.