हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने काम गर्दैनौः डेपुटी गभर्नर शिवाकोटी

  २०७६ साउन १६ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकलाई सकसमा पारेर राष्ट्र बैंकले बजार तताउने काम नगर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै उनले बैंकहरूलाई सकसमा पारेर मर्जरमा लैजान नचाहेको बताएका हुन् ।

‘हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने अवस्था ल्याउँदैनौ,’ उनले भने ‘पहिला स्वच्छिक नभए बलपूर्वक मर्जर हाम्रो नीति हो ।’

मौद्रिक नीतिले मर्जर जाने बैंक तथा वित्तीय संस्थाको लागि सहुलियतको व्यवस्था गरेको छ । यसका साथै गत आव र अघिल्लो आवमा जस्तै लगानी योग्य पुँजी अभाव हुन नदिन समेत विभिन्न व्यवस्था गरेको उनले बताए । मौद्रिक नीतिको असर सम्बन्धि कार्यक्रममा डेपुटी गर्भनर शिवाकोटीले भने ‘बैंकलाई बचाउन निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर(स्प्रेडदर) ४.४ प्रतिशत राखिएको हो ।

वित्तीय सुधार रणनीतिमा यदि चालु आवसम्म बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशत नराखिएको भए मौद्रिक नीतिले ४.२५ प्रतिशत स्प्रेडदर कायम गरथ्र्यो । सरकारी व्यवस्थाको खिलापमा जान नसक्ने भएका हुँदा स्पेडदर अझ खुकुलो बनाइएको शिवाकोटीले जानकारी दिए ।

निश्चित प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने भएको छ । राष्ट्र बैंकले शुन्य दशमलव ८ प्रतिशतभन्दा माथि सेयर स्वामित्व भएका सेयरधनीहरुको नामावली माग गरेको छ । राष्ट्र बैंकले ७ दिन भित्रमा सम्पूर्ण विवरण पेश गर्ने गरी आज बिहीबार निर्देशन दिएको हो । सोको विवरण आएपछि यसका लागि मर्जरका लागि राष्ट्र बैंकले मोडालिटी बनाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.