१० बैंकको लेखापरीक्षण गर्न ५ अडिट कम्पनी छानिए

  २०८१ वैशाख १८ गते १७:५९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न विभिन्न ५ वटा विदेशी अडिट (लेखापरीक्षण) फर्म छनोट भएका छन् । विभिन्न १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्म सर्टलिष्ट (छनोट) भएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका हुन् ।

नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका राष्ट्र बैंकले बताएको छ ।

जसमध्ये प्राइसवाटरहाउस कुपर र एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट भारत र नेपालको संयुत्त, लगानी भएका अडिट फर्म हुन् । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएका अलिडट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरक्षण थालनी गर्ने छन् ।

बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछन् । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा ग्लोबल आइएमई पहिलो नम्बरमा छ । यस्तै, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनएमबि बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।

आइएमएफसँग ३९ करोड ८८ लाख डलर विस्तारित कर्जा सुविधा (इसिएफ) माग गरेको छ । यो सुविधा प्राप्त गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्ममार्फत बैंकहरूको स्थलगत निरीक्षण गर्ने शर्त आइएमएफसँग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.