महानगरीय ट्राफिकले उठायो ३१ करोड ५६ लाख, अघिल्लो आव भन्दा सवा २ करोड बढी

  २०७६ साउन १६ गते ११:२४      सन्तोष रोकाया


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत आर्थिक वर्ष २०७५/०७६ मा करिब ३१ करोड राजश्व संकलन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा सञ्चालित सवारी साधनलाई गरेको कारबाहीबाट ३१ करोड ५६ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

गत आर्थिक वर्ष २०७५/०७६ मा कुल ४ लाख ८१ हजार ७५ सवारी साधन कारबाहीमा परेको महाशाखाले जनाएको छ । जसमध्ये ट्रक ४५ हजार २ सय ४३, बस १ लाख १३ हजार ९ सय,कार जीप र भ्यान १ लाख ३८ हजार ३ सय ९४, ट्याक्टर १ हजार १ सय ३९, मोटरसाइकल १ लाख ६८ हजार ४ सय ३३ र अन्य १३ हजार ९ सय ६६ गरी जम्मा ४ लाख ८१ हजार ७५ सवारी साधन कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका ट्रकबाट २ करोड ९४ लाख १६ हजार ५ सय, बसबाट ७ करोड १८ लाख ५६ हजार ५ सय,  कार जिप र भ्यानबाट ९ करोड ११ लाख ९७ हजार ५ सय, ट्याक्टरबाट ६ लाख ६६ हजार ५ सय, मोटरसाइकलबाट ११ करोड ३१ लाख १५ हजार र अन्यबाट ९४ लाख ४५ हजार राजश्व संकलन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा महाशाखाले २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ भन्दा गत आर्थिक वर्ष २०७५/०७६ मा महानगरीय ट्राफिक प्रहरीले २ करोड २४ लाख ९६ हजार बढि राजश्व संकलन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५को भन्दा गत आर्थिक वर्ष २०७५÷०७६ मा सवारी साधनको चाप बढेसँगै सवारी साधनहरुपनि बढि कारबाहीमा परेका कारण राजश्वको दर बृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रबिकुमार पौडेलले बताए । चालकले मापसे सेवन गरेका, लेन अनुशासन पालन नगरेका, सवारी साधनमा बढी भाडा उठाएका र फुटपाथ तथा सडकमा पार्किङ लगायतका कारण सवारी साधन कारबाहीमा पर्ने गरेको उनको भनाई छ ।

पछिल्लो समयमा ट्राफिक सचेतना कार्यक्रमहरु सञ्चालनमा आएपनि सवारी साधन कारबाहीमा भने किन कमि आउन सकेन भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक पौडेलले भने-‘वर्षेनी सवारी साधनको संख्या बढ्दै गएको छ,’ सवारी चालक स्व-अनुशासित नबन्दा कारबाहीमा पर्ने गरेका छन् ।’ कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.