नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकम भने निरन्तर ओरालो

  २०७६ साउन १४ गते १५:२२     विकासन्युज


काठमाडौँ । नेप्से परिसूचक सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ । साताको दोश्रो दिन सोमबार ३.१८ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार ३.३९ अंकले बढेको छ । ०.२७ प्रतिशतले बढ्दा परिसूचक आज १२५९.३७ बिन्दुमा पुगेको छ ।

परिसूचक अघिल्लो दिनको तुलनामा केही बढेपनि कारोबार भनेर तेश्रो दिन २९ करोड ४३ लाख रुपैयाँको मात्रै भएको छ । सेयर बजारमा सोमबार भने ३५ करोड ८ लाख रुपैयाँ बराबरकोसेयर कारोबार भएको थियो । आइतबार भने ४९ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसरी हेर्दा कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार मंगलबार १७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता सेयर कारोबार भएको छ । आज ट्रेडिङ समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड घटेका छन् भने अरु सबै समूहमा हरियाली छाएको छ ।

बैंकिङ समूह २.८५, होटल समूह ५.९९, विकास बैंक समूह ७.३२, जलविद्युत समूह ३.१९, वित्त समूह ०.६५, निर्जीवन बीमा समूह २२.८२, अन्य समूह १.२४, र लघुवित्त समूह १४.७२ अंकले बढेका छन् । त्यसैगरी ट्रेडिङ समूह ३.२९, उत्पादन मूलक समूह १.४, जीवन बीमा समूह ७.२१ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका हुन् ।

आज युनाईटेड इस्योरेन्स कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ६.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.