हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव

  २०७६ साउन १४ गते १४:५८     विकासन्युज


काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ ।

फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ ।

यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.