अब ५० लाखभन्दा माथिको कर्जामै प्यान

  २०७६ साउन ८ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा माथिको कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य व्यवस्था गरेको छ । यस अघि एक करोड रुपैयाँ कर्जा प्रवाह गर्दामात्र प्यान नम्बर लिनुपर्ने व्यवस्था थियो ।

बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले ५० लाखभन्दा माथि कर्जा लिनेको हकमा प्यान अनिवार्य गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.