५ वटा विकास बैंक र १ वटा फाइनान्सबाट सेयर कारोबार रोक्का

  २०७६ साउन ८ गते १०:१३     विकासन्युज

काठमाडौं । ५ वटा विकास बैंक र १ फाइनान्स कम्पनीबाट सीआश्वा मार्फत गरिने सेयर कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सी आश्वास कारोबार रोक्का गरेको हो ।

भार्गव विकास बैंक, कन्काई विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, तिनाउँ विकास बैंक र जेविल्स फाइनान्सले सीआवश्वा सेवा सञ्चालन गर्न नपाउने सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

भार्गव विकास बैंक मध्य पश्चित नेपालका सेवा दिदै आएको क्षेत्रीय विकास बैंक हो । झापामा मुख्य कार्यालयको यो बैंक प्राइम बैंकमा विलय हुने प्रक्रियामा छ ।

मिसन र तिनाउ विकास बैंक मर्जरको प्रक्रियामा छन् । जेविल्स फाइनान्स इन्भेष्टमेन्ट बैंकमा मर्ज भईसकेको छ । पूर्णिमा विकास बैंक पनि शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकमा मर्ज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.