नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी अभिवृद्धि गर्ने समझदारी पत्रमा हस्ताक्षर

  २०७६ साउन ६ गते १९:०८     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो कार्यक्रममा दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवम् सुदृढ कायम गर्नका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुले संंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

९ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एवम् आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने उल्लेख छ ।

कार्यक्रममा नेपाल चेम्त्रर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्धार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.