आईएमएस् केयरद्वारा न्यूरोड स्थित सेवा केन्द्र पुनः सञ्चालन

  २०७६ साउन १ गते १७:०५     विकासन्युज

काठमाडौं । आईएमएस् केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्सले  सेवा केन्द्र पुन सञ्चालन गरेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्राेनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवओम वन गु्रपका अध्यक्षश्री दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणयरत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्राले उक्त उद्घाटन गरेका हुन् ।

आधुनिक पूर्वाधार सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ । ग्राहकलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउदै जाने आईएमएस गु्रपका अध्यक्ष दिपक मलहोत्राले बताए ।


आईएमएस गु्रपको बारेमा
आईएमएस ग्रुप विगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको छ । जुनकम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न अग्रसर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.