प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा

  २०७६ असार ३१ गते ९:५७     विकासन्युज


काठमाडौँ । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् । डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण नभई व्यक्तिगत कारण राजीनामा दिएको बताए ।

मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उनको भनाइ छ ।

पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको बताए । मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गर्नुभए पनि आफ्नो व्यक्तिगत कारण दिएको राजीनामा फिर्ता नलिएको उनको भनाई छ ।

यसअघि पनि प्रदेश ३ का मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले मुख्यमन्त्री डोरमणि पौडेलसँग मत बाझिएपछि राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.