हिमालय एअरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान सुरु गर्दै

  २०७६ असार २६ गते १८:३०     विकासन्युज


काठमाडौँ । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ ढाका/ काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०-२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०-२०० को तीनवटा जहाज रहेको छ । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुहका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ ।

नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बङ्गलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ ।

एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.