पशुपतिको ‘तारे’ धर्मशाला अझै सञ्चालन भएन, ब्यापारिक योजनाको सकस

  २०७६ असार १८ गते ९:२२     नबिन पोखरेल


काठमाडौ । पशुपति क्षेत्रस्थित बाग्मती किनारमा रहेको नेपाल-भारत मैत्री पशुपति धर्मशाला एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । दर्शनार्थीले बुझाउने शुल्क तय हुन नसक्दा तारे होटल स्तरको सुबिधा दिने धर्मशाला सञ्चालन हुन नसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गतबर्ष भदौ १५ गते बिमस्टेक सम्मेलनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सो धर्मशालाको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका प्रवक्ता प्रेमहरी ढुङ्गानाले दर्शनार्थीले कति तिर्नु पर्छ, धर्मशालाले कतिसम्म शुल्क राख्न पाउने भन्ने एक किसिमको व्यापारिक योजना तयार नभइसकेकाले धर्मशाला सञ्चालन हुन नसकेको बताए ।

उनले ब्यापारिक योजना स्वीकृत भएपछि मात्र भवन सञ्चालनमा आउने बताए । कतिपय कुरामा धर्मशाखाको हिजो गरेको डिजाईन आज फेर बदल गर्नु पर्ने अवस्थामा पुगेको प्रवक्ता ढुङ्गानाको तर्क छ ।

१५ जना बस्न मिल्ने एउटा हलमाभन्दा भक्तजनहरु एक्लै बस्न रुचाउने हुँदा दुवै किसिमका भक्तहरुलाई सुविधा दिन आवश्यक हुने कोषको बुझाई छ ।

तरपनि धर्मशाला छिट्टै सञ्चालनमा आउने कोषले जनाएको छ । त्यसका लागि तयारी भइरहेको छ–प्रवक्ता ढुंगानाले बताए ।
भारत सरकारको सहयोगमा उक्त धर्मशाला २० करोड भन्दा बढी खर्चर बनाईएको हो । विकास कोषको २४ रोपनी जग्गामा नेपाल–भारत मैत्री धर्मशाला निर्माण भएको हो ।

यस्तो छ धर्मशाला
पशुपति नेपाल-भारत मैत्रीमा ८८ वटा कोठा रहेको छ । ती कोठामा ३ सय ९८ वटा वेड रहेका छन् । ४ वटा कोठा भने विषेश अतिथिको कक्ष(भीआइपी रुम)को रुपमा छुट्याईएका छन् । एउटा ठूलो सभा हल रहेको सो धर्मशालामा २ सय जनाले एकै पटक खाना खान सक्ने छन् ।

उक्त धर्मशालाको शिलान्यास २०६४ साल फागुन ७ गते गरिएको थियो । शिल्यान्यास नेपालका लागि तत्कालीन भारतीय राजदुत शिवशंकर मुखर्जीले गरेका थिए । निकै पटक निर्माणको टेण्डर कार्य अघि सार्दापनि काम सुचारु भएको थिएन । तर २०७३ साल साउनबाट रमन कन्ट्रक्सनले निमार्ण ठेक्का पाएर १ वर्ष अघि नै काम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.