बजार अस्तव्यस्त हुँदा बीमा कम्पनीहरु आतंकित, के गर्दैछ बीमा समिति

  २०७६ असार १० गते १३:३०     विकासन्युज

काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै बीमा कम्पनीहरुमा आतंक मच्चिएको छ । एकातिर व्यापार विस्तार गर्न नसकेको, अर्कोतिर कम्पनीका नियमिति काम कारवाही समेत अवरुद्ध भएपछि कम्पनीहरुमा खैलाबैला भएको हाे ।

४० बीमा कम्पनी मध्ये २८ वटाले गत आर्थिक वर्षको साधारणसभा गर्न सकेनन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधाणसभा गर्नु पर्ने, ९ महिनाभित्र बीमा समितिबाट बीकमको अनुमति पत्र नविकरण गर्नु पर्ने कानुनी व्यवस्था छ ।

गत आर्थिक वर्षको आयव्यव लेखापरिक्षण गर्न नसक्दा र आर्थिक वर्ष सकिएको १ वर्षभित्र पनि वार्षिक साधारणसभा गर्न नसक्दा कम्पनीहरु धेरै कोणबाट अप्ठ्यारोमा परेका छन् ।

‘लेखापरिक्षण र साधारणसभा नहुँदा नियाकमले कारवाही गर्छ । जरिवाना तिर्नुपर्छ । कम्पनीको दाहित्व बढ्छ । सेयरधनीले गाली गर्छन् । लेखापरिक्षण र साधारणसभा नियमति नहुँदा कम्पनीको छवि विग्रन्छ । कतिपय ठाउँमा राम्रा विजनेश अवसरहरु पनि गुमाउनुपर्छ’ नाम उल्लेख नगर्ने सर्तका एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

‘नियामकले भनेअनुसार चुक्ता पुँजी पुर्याउन सकिएको छैन । मर्जरको कुरा आएको छ । बीमा समितिलेले पेलेको पेलै छ’ उनले भने–‘नयाँ कम्पनी थपिए, विजनेश बढाउन सकिएको छैन । नाफा बढाउन सकिएको छैन । सेयरको मूल्य घट्दो छ । लगानीकर्ताको दवाव थेगि नसक्नुछ । हामी आतंकित भएका छौं’ उनले भने ।

‘सरकार रेल र पानी जहाज ल्याउने कुरा गर्छ । हवाई जहाज ल्याण्ड गर्ने सडक बनाउँछु भन्छ । देशमा उद्योग व्यवसाय चौपट छ । मुलुकको व्यापार घाटा थेग्नै नसक्ने भएको छ । कृषि बीमाको प्रिमियममा दिन्छु भनेको ७५ प्रतिशत अनुदान सरकारले दिएको छैन’ उनले भने ।

दुई वर्षअघि सेयर बजारमा बीमा समूहको परिसूचक १० हजार भन्दा माथि पुगेको थियो । अहिले ५ हजार नजिक आएको छ । त्यसमाथि बीमा कम्पनीहरुले एक वर्षसम्म साधारणसभा नगर्दा बीमा कम्पनीहरुप्रति लगानीकर्ताको विश्वास खस्कदै गएको छ ।

विजनेशको खोजीमा बीमा कम्पनीहरुले गाउँ गाउँमा शाखा विस्तार गरेका छन् । तर बिजनेशको अभाव र जनशक्ति व्यवस्थापन गर्न नसक्दा खोलिएका शाखाहरु पनि सञ्चानल गर्न नसक्ने अवस्थामा बीमा कम्पनीहरु पुगेका छन् । कर्णालीमा खोलिएका केही बीमा कम्पनीका शाखाहरु बन्द गर्नु परेको समेत जानकारहरु बताउँछन् ।

एकातिर दुर्गम क्षेत्रमा गएर काम गर्ने जनशक्तिको अभाव छ भने अर्कोतिर राजधानीको मुख्यालयमा बसेर एनएफआरएस अनुसार एकाउन्टिङ गर्न जनशक्तिको समेत अभाव रहेको छ ।

एक चरणमा १२ वटा बीमा कम्पनी थपिदा बजारमा अस्वस्थ्य प्रतिस्प्रर्धा देखिएको छ । बीमा कम्पनीहरु विजनेश बढाउन नसकेर छटफटाईरहेका छन् भने सरकारले पुँजी वृद्धि गर्न र मर्जमा जान दवाव दिईरहेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने- ‘यस वर्ष बीमा कम्पनीहरूले समयमा साधारण सभा गर्न सकेनन्, त्यसको मूल कारण एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न भएको ढिलाइ हो । आगामी वर्षमा भने सबै बीमा कम्पनीहरूले पुष मसान्त भित्र साधारण सभा गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.