सिप्रदी र टाटा मोटर्सद्वारा योग शिविर तथा सरसफाई कार्यक्रम सम्पन्न

  २०७६ असार ६ गते १९:२१     विकासन्युज

काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटामोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए।

अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटामोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरू सहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो।आधिकारिक योग प्रशिक्षकहरूले योगसत्रको आयोजना गरेका थिए।

एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो।योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचान स्वरूप संयुक्त राष्ट्रसंघले केही वर्षअघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो।

यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योगदिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो।

योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटायोद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृतभोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो।

कार्यक्रमका बारेमा बोल्दै सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले भने, “यो वर्षको योग दिवस “मुटुका लागि योग” भन्ने मूल नारासहित मनाइयो र मलाई खुसी लाग्यो यो कार्यक्रममा युवादेखि विभिन्न उमेर समूहका मानिसहरूको सहभागिता थियो। कारण के भने अहिलेको समयमा युवा समय जिन्दगीको दौडधुपमा बित्छ। योगको विकास मुटु र आत्माबीच सौहाद्रता र तादम्यता प्राप्त गर्दै मस्तिष्क, शरीर र आत्माको शान्ति प्राप्तिका लागि जसरी गरिएको छ।
योग सकारात्मक पनसँग जोडिएको छ। यसले सकारात्मक विचार, सकारात्मक व्यवहार  र सकारात्मक ऊर्जा कायम गर्न सघाउँछ। र यस्तो सहभागिता र उत्साह देख्दा मलाई यो विश्वास लागेको छ कि योग मानिसको जीवनशैलीसँग जोडिन पुगेको छ। कर्मचारिहरू, ग्राहकहरू, साथीभाइ र परिवारजन सहित टाटामोटर्ससँग जोडिन पाएकोमा सिप्रदी र सिप्रदीयन सहायता संस्थाले गर्वको महसुस गरिरहेको छ।”

सिप्रदी टेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्,“सिप्रदीको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले वार्षिक रूपमा लगातार अन्तर्राष्ट्रिय योग दिवस मनाएको यो तेस्रो पटक हो। योग अभ्यास व्यायामका बारेमात्र होइन यो तस्व अनुशासन र स्वचेतना प्रतिप्रतिबद्धता हो। योगका हरेक शैलीको आफ्नै महत्त्व छ र व्यक्तिको शारीरिक र मानसिक विकासमा मद्दत पुर्‍याउँछ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.