चलचित्र ‘जाइरा’को पोस्टर नम्रताको जन्मदिनमा सार्वजनिक

  २०७६ जेठ ३१ गते १८:५०     विकासन्युज

काठमाडौं । चलचित्र ‘जाइरा’ को पोस्टर अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिनको सार्वजनिक गरे । भाद्र ६ गतेदेखि देशभर प्रदर्शन हुने भनिएको चलचित्र ‘जाइरा’को टिमले अभिनेत्री श्रेष्ठको जन्म दिनसँगै पोस्टर सार्वजनिक गरेको हो ।

उक्त पोस्टरमा फोकस्ड रहेकी श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा ‘लभ गर्ल’ को भुमिकामा रुचाइएकी नम्रता श्रेष्ठको विशेष भुमिका रहेको बताईन । जन्मदिनको अवसरमा केक काट्दै भन्छिन् ‘मैले मेरो भुमिकालाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई थाहा हुन्छ, त्यसैले राम्रो अभिनय गर्ने प्रयास गर्छु । हरेक भुमिका चुनौतीपूर्ण र फिल्म ड्रिम प्रोजेक्स लाग्छ ।’

आफुले पुरानो पहिचान मेट्दै नयाँ कार्य गर्ने प्रयास गरिरहेको बताईन । उक्त चलचित्रको अभिनयमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरलाई देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.