बक्यौता उठाउन जाग्यो राजस्व कार्यालय, १०१ करदाताको कारोबार रोक्का गर्ने चेतावनी

  २०७६ जेठ २९ गते ९:२३     विकासन्युज

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले १०१ करदातासँग बक्यौता कर उठाउन सक्रियता देखाएको छ ।

कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला गरेको नदेखिएको जनाएको छ ।

१५ दिन भित्र बक्यौता कर रकम दाखिला गर्न र दाखिला भएको भए सो को प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेश गर्न सूचना जारी गरिएको छ ।

सूचनाको वेवास्ता गरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म्को कुनै वा सबै प्रक्रिया, मूअ कर ऐन २०५२ को दफा २१ बमोजिकको प्रक्रिया र अन्तःशुल्क ऐन २०५८ को दफा १०(ज) बमोजिमको प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ ।

कार्यालयको सूचनालाई वेवास्ता गरे ती करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर÷सञ्चालकको घरजग्गासमेत रोक्का गर्न सक्ने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.