महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १०० वटा गाडीको सर्भिसिङ्ग

  २०७६ जेठ २६ गते १६:५०     विकासन्युज

ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट उक्त क्याम्प सम्पन्न गरेको हो ।

साथै, “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालित थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग १०० वटा जति गाडीहरुको सर्भिसिङ्ग गरिएको थियो ।

दक्ष प्राविधिकहरुद्वारा परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो ।

यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.