टोफिचो ‘तड्का इमली’ बजारमा

  २०८१ वैशाख २७ गते ७:१९     विकासन्युज


काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टोफिचाेअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले ‘टेस्टको नयाँ ब्लास्ट’ नारासहित तड्का इमली बजारमा सार्वजनिक गरेको हो । तड्का इमलीमा इमलीको चट्किलो स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

तड्का इमलीको बिक्री मूल्य पाँच रुपैयाँमा दुई गोटा कायम गरिएको कम्पनीले जानकारी दिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.