गाडी बिक्रेताको मागः भारतीय गाडीलाई नेपाल प्रवेशमा कडाई गरौं

  २०७६ वैशाख १० गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रतिबन्ध लगाउनुपर्ने माग बेला बेला उठिरहेकै थियो । अब भने गाडी बिक्रेताहरुले नै भारती नम्बर प्लेटका सवारी साधनहरुको नेपाल प्रवेशमा कडाई गर्नुपर्ने माग अघि सारेका छन् ।

मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्याक्रममा नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

‘भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा कडाई गरौं, ५–८ सय रुपैंयाँ शुल्कलाई बढाऔं र बर्षमा ३० दिन मात्रै नेपाल आउन पाउने व्यवस्था गरौं’, नाडा अध्यक्ष दाहालले भने ।

नेपालले सवारी साधनको आयातमा भन्सार दर वृद्धि गरेपछि गाडी आयात घटेको र भन्सार राजश्वको योगदान समेत घटेको बताउँदै त्यसकै असर स्वरुप नेपालमा भारतीय सवारी साधनहरु निर्वाध गुडिरहेको आरो पनि लगाए । अध्यक्ष दाहालले सवारी साधनहरुको भन्सार दर घटाउन समेत माग गरे ।

त्यस्तै, नेपालमा सवारी साधनहरुको एसेम्बल प्लान्ट राख्दा २५ प्रतिशत अन्तशुल्कमा दिईएको छुटलाई वृद्धि गरेर ५० प्रतिशत बनाउनुपर्ने माग पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.