प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कृतिम हातखुट्टा जडान स्थाई केन्द्रको शुभारम्भ

  २०७६ वैशाख ७ गते २१:००     विकासन्युज

नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजा, अर्चना गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरेका छन् ।

शनिवार शाश्वतधाम पुगेका प्रधानमन्त्री ओलीलाई चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले स्वागत गरेका थिए । शाश्वत धामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्रीले औद्योगिकरण, समाजसेवा र धार्मिक कार्यमा समेत प्रशंसनीय काम गरेर उद्यमी बिनोद चौधरीले सफलताको उदाहरण प्रस्तुत गरेको बताए । शास्वतधाम नेपालकै गहना भएको र यसले धार्मिक पर्यटन र सामाजिक एकता तथा धार्मिक सहिष्णुता कायम राख्न उच्च योगदान भन्दै उनले प्रशंसा गरेको चौधरी ग्रुपले जनाएको छ ।

प्रधानमन्त्री ओलीले कृतिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई स्थाई केन्द्रबाट ठूलो राहत पुग्ने आशा पनि व्यक्त गरेका छन् । चौधरी फाउण्डेसनले यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविरको आयोजना गरि ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदिएको थियो । मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवस्यक रहेकाले स्थाई केन्द्रमार्फत् सेवा दिन लागिएको चौधरी फाउण्डेसनका अध्यक्ष चौधरीले बताए । फाउण्डेशनले बिभिन्न कारणले हातखुट्टा गुमाएका ब्यक्तीलाई निशुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.