२०७६ वैशाख ७ गते १४:५३ अशोक घिमिरे
मानवीय क्षतिका दृष्टिकोणबाट प्रदेश नं २ बढी प्रभावित रह्यो । सो प्रदेशमा प्रकोपबाट ८३ ले ज्यान गुमाए । त्यस्तै प्रदेश नं ३ का ८१, प्रदेश नं १ का ७९, प्रदेश नं ५ का ७०, गण्डकी प्रदेशका ६४, कर्णाली प्रदेशका ४१ र सुदूरपश्चिम प्रदेशका ३६ जनाले विभिन्न घटनामा परी ज्यान गुमाए । भौतिक पूर्वाधार क्षतिका हिसाबले पनि प्रदेश नं २ ले बढी क्षति व्यहोर्नु पर्यो । सो प्रदेशमा प्रकोपले रु एक अर्ब ८४ करोड २७ लाख बराबरको क्षति पु¥याएको केन्द्रले अनुमान गरेको छ । त्यस्तै प्रदेश नं १ ले रु ९५ करोड ७२ लाख, प्रदेश नं ३ ले रु ७४ करोड ३४ लाख, प्रदेश नं ५ ले रु ४० करोड ७७ लाख, गण्डकी प्रदेशले रु २६ करोड ९३ लाख, कर्णाली प्रदेशले रु १३ करोड ३० लाख र सुदूरपश्चिम प्रदेशले रु पाँच करोड ५६ लाख अनुमानित क्षति व्यहोरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
सोही वर्ष प्रकोपबाट प्रदेश नं २ मा मानवीय तथा भौतिक क्षति बढी भए पनि प्रकोपका घटना भने प्रदेश नं १ मा बढी भए । प्रदेश नं १ मा एक हजार ३४ विभिन्न घटना भएको केन्द्रले जनाएको छ । यसैगरी प्रदेश नं २ मा ९४३, प्रदेश नं ३ मा ७२१, प्रदेश नं ५ मा ७०९, गण्डकी प्रदेशमा ३६७, सुदूरपश्चिम प्रदेशमा २९४ र कर्णाली प्रदेशमा २१४ वटा प्रकोपका घटना भए ।
गत वर्ष सबैभन्दा बढी आगलागीबाट ८९ जनाले ज्यान गुमाए । त्यस्तै बाढी पहिरोमा परी ८८, चट्याङ लागेर ६८, हावाहुरीबाट ४५, जङ्गली जनावरको आक्रमणमा परी २७ र अन्य कारणबाट ३१ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने जिल्लाका रुपमा बारा रह्यो । बारामा गत वर्ष २९ जनाले ज्यान गुमाए भने सोलुखुम्बुमा २१, दाङमा २०, म्याग्दीमा १४, जाजरकोटमा १२ र बझाङ, बागलुङ, पर्सा, रसुवा तथा चितवनमा भएका घटनामा परी १३/१३ जनाले ज्यान गुमाए ।
चैतमा विभिन्न घटनामा परी ६६ जनाले ज्यान गुमाए । गत चैतमा बारा र पर्सामा मात्रै हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका थिए । साउनमा ६२, भदौमा ५१, जेठमा ४६, वैशाखमा ४५, असारमा ४३, माघमा ३०, असोज र पुसमा २८/२८, कात्तिकमा २२, मङ्सिरमा १८ र फागुनमा १५ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ । आर्थिकरुपमा साउन महीना सबैभन्दा बढी क्षति पुगेको केन्द्रको तथ्याङ्क छ ।
साउन महीनामा रु एक अर्ब ३४ करोड नौ लाखको क्षति पुगेको अनुमान गरिएको छ । त्यस्तै कात्तिकमा रु ३९ करोड ७२ लाख, चैतमा रु ३८ करोड ५१ लाख, असोजमा रु ३४ करोड ३५ लाख, जेठमा रु ३२ करोड ६८ लाख, मङ्सिरमा रु ३२ करोड ३१ लाख, वैशाखमा रु २७ करोड ५७ लाख, पुसमा रु २७ करोड ११ लाख, माघमा रु २२ करोड ४५ लाख, भदौमा रु २२ करोड दुई लाख, फागुनमा रु १९ करोड २७ लाख र असार महीनामा रु १० करोड ८१ लाख मुलुकले आर्थिक क्षति व्यहोरेको केन्द्रको भनाइ छ ।
‘बाह्र वर्षे रणनीतिक कार्ययोजना कार्यान्वयन’ सरकारले भने विपद् न्यूनीकरण गर्दै यसबाट हुने क्षति कम गर्न १२ वर्षे रणनीतिक कार्ययोजना निर्माण गरेर लागू गरिएको जनाएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका उपसचिव बेदनिधि खनाल विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै दिगो विकास लक्ष्यलाई ध्यानमा राखी विपद् उत्थानशील नेपालको निर्माण गर्ने उद्देश्यले ‘जोखिम न्यूनीकरण राष्ट्रिय कार्ययोजना २०१८–२०३०’ कार्यान्वयनमा ल्याइएको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.