नयाँ वर्ष २०७६ सालकाे आर्थिक वार्षिक राशिफल, कुन राशीलाई के फाप्छ ?

  २०७५ चैत ३० गते ६:२५     ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक

मेष

आर्थिक पक्षले मेष राशी हुने हरुका लागि ग्रह गोचर हेर्दा देवागुरु वृहस्पति र शनि ग्रहको विशेष प्रभावले व्यापार/व्यवसायमा तरल एवं जल तत्वमा गरेको लगानीबाट सफलता हात पर्नेछ र विमा एवं वित्तिय संस्थामा गरेको लगानी लाभदायी हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ । सेयर बजारमा लगानी गर्नेहरुका लागि मध्यम नै रहनेछ । विज्ञान तथा इन्जिनियरिङ्ग क्षेत्रका जिज्ञाशु हरूले विशेष सफलता पाउनेछन् । चोट पटकको भय रहेकाले गणेशजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ । आर्थिक दृष्टिले असार असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ भने साउन र कार्तिक महिनामा खर्चमा वृद्धि हुनेछ । यो वर्षको रातो, हरियो र पहेंलो शुभ रङ्ग हो भने १, २, ४, र ९ शुभ अङ्क हो ।

वृष

२०७६ सालको पूवार्धमा वृष राशि भएका व्याक्तिहरुका लागि  राम्रो रहनेछ । फाल्गुन ४ गतेसम्म शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । देव गुरु बृहस्पतिले तपाईलाई सत् बुद्धि र उच्च पद प्रतिष्ठा तथा भाग्यमा वृद्धि गराउनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी डुब्ने भय रहनेछ । व्यवशायीक दृष्टिले भाद्र र मंसिर महिनामा खर्च बढ्नेछ र श्रावण, कार्तिक र चैत्र महिना शुभ रहनेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । यो वर्षको शुभ रंग सेतो, हरियो, र सुन्तला शुभ रङ्ग हो भने २, ४, ५, ६ र ८ शुभ अङ्क हो ।

मिथुन

यो वर्षको ग्रह गोचर हेर्दा मिश्रित फल मिल्नेछ । मिथुन राशी हुने हरुका लागि अधिकांश समय देव गुरु बृहस्पति र शनि सातौ भावमा रहनाले विशेषगरि धातु तथा होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । नयाँ काम एवं रोजगारको अवसर आउनेछ ।  लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । घर जग्गाको लगानीबाट नोक्सान हुन साक्छ । नाक, कान तथा आँखामापनि समस्या आउन सक्नेछ । वर्षको उत्तरार्धमा व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, र चैत्र फाल्गुन महिना राम्रो छभने असार र पुष महिनामा अधिक खर्च हुनेछ । यो वर्षकलागि हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो भने १, २, ५ र ६ शुभ अङ्क हो ।

कर्कट

कर्कट राशी हुनेहरुकालागी यो वर्ष उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वर्षको पूर्वार्धमा शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा बैंकिंङ,  फेन्सी तथा सजावटिका व्यवासायीलाई मनग्य फाइदा हुनेछ । स्वास्थ्यमा लगानी गर्नेहरुले सजग रहनुहोला । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । असार महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहेका छन् । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले भाग्यमा  वृद्धि हुनेछ । यो वर्षको सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो भने २, ६ ७ र ९ शुभ अङ्क हो ।

सिंह

सिंह राशी हुनेहरुकालागी २०७६ सालमा यो बर्ष आर्थिक दृष्टिले धेरै मिहिनेत गरेर थोरै मात्र प्रतिफल मिल्नेछ । आफन्त  तथा घर-परिवार बाट टाढिनु पर्नेछ । जेठ सम्म आर्थिक सामस्या बढ्नेछ तत्पश्चात सामान्य हुँदै जानेछ । देश विदेश तथा धार्मिक यात्राहरू  हुनेछन् । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ । भाद्रबाट विद्युतीय उपकरण तथा मेसिनरीका क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । कृषि तथा खाद्यान्नमा गरेको लगानीबाट दिर्घकालिन प्रतिफल मिल्नेछ । आर्थिक दृष्टिले  कार्तिक र माघ शुभ रहनेछ । मंगलवार गणेशजी तथा हनुमनजीको दर्शन एवं आराधना गरे ग्रहपिडा कम हुनेछ । यो वर्षकोलागि रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो भने १, ३, ५, र ९ शुभ अङ्क हो ।

कन्या

यो वर्ष समग्रमा कन्या राशीका जातकहरूका लागि राम्रै रहनेछ । रोकिएका अधुरा कार्यले  पूर्णता पाउनेछ । वाहन सुख पनि मिल्नेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । फाल्गुन ४ गते सम्म अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई अन्तिम समयमा काम नबन्ने र नराम्रा विचारपनि मनमा आउनेछ तर  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । विज्ञान  तथा इञ्जिनियरिङ्ग विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । भाद्र र कार्तिक महिनामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अत: लगानी डुब्ने भय छ । यो वर्षकोलागि हरियो, नीलो, रातो र कालो शुभ रङ्ग हो भने शुभ अङ्क १,५ र ६ शुभ अङ्क हो ।

तुला

२०७६ साल तुला राशीका जातकहरूका लागि शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहि रहनेछ । शेयर बजार तथा ढुकुटीबाट सफलता मिल्नेछ । धातुको लगानीबाट लाभ मिल्नेछ । बैंकिंग क्षेत्रमा गरिएको लगानी बाटपनि राम्रै प्रतिफल पाईनेछ । कान तथा आँखामा समस्या देखा पर्नेछ । वैशाख र श्रवन महिनामा धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले श्रावण, पुष र चैत्र माहिना शुभ फलदाई रहनेछ । वृद्ध तथा रोगीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । यो वर्षकोलागि सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो भने ४, ५, ६ र ८ शुभ अङ्क हो ।

वृश्चिक

वृश्चिक राशी हुनेहरूको लागि २०७६ साल राम्रो रहनेछ । व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । शेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । भाद्र र आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा सफलता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । आर्थिक दृष्टिले भाद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो सुस्ती हुन सक्नेछ । दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । यसपालिकोलागि सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो भने १, २, ३ र ९ शुभ अङ्क हो ।

धनु

२०७६ साल धनु राशी भएका व्याक्तिहरुलाई व्यापार व्यावसायमा उतार चाडाव आउनेछ । वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले वर्ष भरि शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्नेछ । ऋणपनि खप्टीने  भय छ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । शेयर बजार सामान्य नै रहनेछ । पहिरन तथा सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले असार र फाल्गुन  महिना शुभ रहनेछ । ध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । सोमबार र शुक्रवार क्रमशः शिवजी र दुर्गाजीको दर्शन/पूजा गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ । गुलाबी, खैरो, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो भने  ३, ५, ७ र ९ शुभ अङ्क हो ।

मकर

आर्थिक दृष्टिले २०७६ साल मकर राशी हुनेहरूकालागि यो वर्ष मध्यम नै रहनेछ । धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पfईनेछ । वर्ष भरिनै बृहस्पतिले बुद्धिलाई भने तीक्ष्णता प्रदान गर्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । वैदेशिक लगानीको अवसर मिल्नेछ । शनि ग्रह कमजोर हुने जातकहरुकालागि यो वर्ष आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ । हरेक मंगलवार  हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । यो वर्षकोलागि पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो भने शुभ अङ्क ३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।

कुम्भ

यस वर्ष कुम्भ राशी हुनेहरूकालागी नयाँ कार्यको थालनी हुनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा चौपयामा गरेको लगानी फस्टाउनेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र राम्रो हुनेछ ।  होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पारिवारिको स्वस्थय उपचारमा अधिक खर्चपनि बढ्नेछ । आर्थिक दृष्टिले बैशाख, सावान र पुष महिना शुभ रहनेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यो वर्ष निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो भने ३, ५, ६, र ८ शुभ अङ्क हो ।

मीन

मीन राशिका लागि २०७६ साल राम्रो रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । बैंकिङ्ग, फेन्सी तथा सजावटी क्षेत्रबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।  दृष्टिले असार, भाद्र र पुष महिना लाभ मिल्नेछ भने कार्तिक हानिकारक हुनसक्छ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनालेपनि भाग्यमा वृद्धि हुनेछ । यो वर्षकोलागि रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो भने १, ३, ७ र ९  शुभ अङ्क हो ।

narayandulal777@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.