तारा गाउँको सरकारी सम्पति हडप्ने काण्डमा मुछिए पूर्व मन्त्री जितु गौतम नेपाली

  २०७५ चैत २६ गते १४:५२     विकासन्युज

काठमाडौं । तारा गाउँ विकास समितिको सरकारी सम्पति हडप्ने काण्डमा नेकपाका नेता जितु गौतम नेपाली मुछिएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँमा जितु गौतम नेपालीको नियत गलत देखिएको बताएको हो । जितु गौतम नेपालीले पटक पटक फोन गरेर आफुलाई प्रभावित बनाउने प्रयास गरेको उप समितिका संयोजक अग्नि प्रसाद सापकोटाले बताए ।

गौतमले समितिका सदस्यहरुलाई एक्ला एक्लै भेटेर कुरा राख्न चाहेको तर आफुले उप समिति बैठकमै आफ्ना कुरा राख्न अनुरोध गरेपछि उनले सम्पर्क गर्नै छाडेको बताए । ‘बेला बेलामा जितु जीले श्रेष्ठ र सर्राफले भेट्न खोजेका छन भने कुरा ल्याउनु भएको थियो, धेरै पटक फोन र मेसेज गर्नु भयो, मैले चैँ उहाँलाई उप समितिको बैठकमै कुरा राख्नुस भने’, उप समिति संयोजक सापकोटाले भने ।

उप समितिले औपचारिक रुपमै चिठ्ठी लेखेर तारा गाउँ विकास समिति र सम्वद्ध पक्षहरुलाई आफुसँग रहेका कागजात र प्रमाण बुझाउन भनेको थियो ।
‘जितु जीले नै श्रेष्ठ र सर्राफले मलाई मात्रै भेट्न चाहनु भएको सन्देश पठाउनु भएको थियो, मैले पुरै उप समितिको बैठकमा बेलाउँछु भने, सिंहदरबारको अन्तराष्ट्रिय सम्बन्ध समितिको कार्यकक्षमा भन्दा अन्त भेट्दिन भनेँ, त्यसपछि उहाँले फोन र एसएमएस गर्न छाड्नु भयो’, सापकोटाले भने । उप समितिका सदस्य नारदमुनी रानाले पनि तारा गाउँ प्रकरणमा पूर्व सामान्य प्रशासन राज्य मन्त्री गौतमको भूमिका संकास्पद देखिएको बताए ।

नेकपाका नेता समेत रहेका नेपाली हाल तारा गाउँ रिजेन्सी होटलको सल्लाहकार पदमा कार्यरत छन् । उप समिति सापकोटाले पूर्व राज्य मन्त्री भैसकेका नेपालीले सल्लाहकार पदमा नियुक्त लिनु नै संकास्पद भएको टिप्पणी गरे । पूर्व सामान्य प्रशासन राज्य मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका गौतम हाल सत्तासिन नेकपाको नेता समेत रहेका छन् ।

तारा गाउँ विकास समितिको १५४ रोपनी जमिन हडप्ने तथा तारा गाउँ रिजेन्स होटलमा रहेको ३९.७७ प्रतिशत सेयरलाई ९.०१ प्रतिशतमा झार्न समेत मुख्य भूमिका खेलेको आरोप गौतममाथी लागेको हो । उनले उप समितिका सदस्यहरुलाई पटक पटक फोन तथा एसएमएस गरेर गोप्य भेटघाटका लागि अनुरोध गरेको तथ्यबाट पनि उनको संलग्नतालाई पुष्टि गरेको छ । ‘उहाँ पूर्व सामान्य प्रशासन मन्त्री पनि हो, त्यो उचाईमा पुगेको मान्छेले तारा गाउँको सल्लाहकार बन्न मिल्छ की मिल्दैन भन्ने प्रश्न पनि उठ्छ’, उप समिति संयोजक सापकोटाले भने ।

अन्तराष्ट्रिय सम्बन्ध समितिले २०७५ मंसिर १९ गते अग्नि प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यिय अध्ययन अनुगमन समिति गठन गरेको थियो । सो समितिमा सापकोटा सहित नारदमुनी राना, पुष्पा पभुषाल, प्रेम प्रसाद तुलाचन र सानु सिवा सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.