त्रिभुवन विमानस्थल मर्मत शुरु भएपछि २० प्रतिशत उडान कटौति, माउन्टेन फ्लाइट मन्थलीबाट

  २०७५ चैत २५ गते १७:३०     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति नपाउने भएपछि हेलिकप्टर कम्पनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन् ।

३ हेलिकप्टर कम्पनीले माउन्टेन फ्लाइटको लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भरिरहेका छन् । कम्पनीहरुले दैनिक २५ देखी ३० वटा उडान भरिरहेको विमानस्थल प्रमुख अमित चौरासियले बताए । उनका अनुसार सीता, तारा र समिट एयरले उडान भरिरहेका छन् ।

हेलिकप्टर सञ्चालनको लागि आयल निगमले मन्थली मै इन्धनको व्यवस्था गरेको छ । दैनिक २ हजार किलोलिटर इन्धन पनि माग नहुने विमानस्थलमा हाल दैनिक ८ हजार किलोलिटर इन्धन बिक्री भैरहेको छ । मन्थली विमानस्थलका लागि निगमले १२ हजार किलोलिटर क्षमताको २ वटा ट्याङकर व्यवस्था गरेको निगमका नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए ।

हवाई इन्धनको बोक्नका लागि २ नयाँ ट्याङकरको व्यवस्था गरेका छौं, कम्तिमा दैनिक एक ट्याङकरले ढुवानी गरिरहेको छ, निर्देशक भट्टराईले भने–‘इन्धन अभावमा कुनैपनि व्यवसाय रोकिनु हुँदैन ।’

यात्रु नभएपछि काठमाडौं-मन्थली उडान प्रभावित
नागरिक उड्ययन प्राधिकरणका अनुसार यात्रु नभएपछि काठमाडौं मन्थली उडान नियमित हुन सकेको छैन । सीता एयरले हप्ताको १ दिन बिहिबार उडान गर्दै आएको थियो । यात्रु अभावकै कारण नियमित उडान गर्न नसकेको विमानस्थल प्रमुख चौरासियले बताए । सीता एयरको मन्थली उडान स्थगित गर्ने या नगर्ने विषयमा थप छलफल भैरहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.