गौतमबुद्ध विमानस्थलमा इन्धन भण्डारण स्थल बन्दै, प्राधिकरणसँग जग्गाको लागि सहमति

  २०७५ चैत २५ गते १०:०५     खेमराज श्रेष्ठ

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले इन्धन भण्डारण स्थल बनाउने भएको छ । निगमले नागरिक उड्ययन प्राधिकरणसँग जग्गा लिजमा लिएर इन्धन भण्डारण स्थल निर्माणको काम अघि बढाएको हो ।

निगमले इन्धन भण्डारण स्थल  निर्माणको लागि प्राधिकरणसँग २६ हजार १ सय ९० स्क्वयर मिटर जग्गा उपलब्ध गराउने सहमति गरिसकेको छ । अध्ययन अनुसार ४ वटा ट्याङकी रहने आर्कीक्राफ्ट कम्पनीले जनाएको छ । प्रत्येक ट्याङकीको क्षमता २५ सय किलोलिटर हुनेछ । जसअनुसार ४ ट्याङकीको कुल क्षमता १० हजार ६ सय ८० किलोलिटर हुनेछ ।

४ वटा ट्याङकीले ६ हजार ४ सय ९६ स्क्वयर मिटर क्षेत्रफल ओगट्नेछ । विमानस्थलमा १३ वटा ट्याङकर पार्किङ हुनेछ भने ट्याङकर लोडिङ र अनलोडिङ बेस ३ वटा हुनेछ । यस्तै रिफिल ट्याङक पार्किङ ७ वटा हुनेछ ।

इन्धन भण्डारण स्थलमा अनलोडिङ, कार्यालय क्षेत्र, अन्य सम्पर्क कार्यालय, आकस्मिक एक्जिट, डिजास्टर म्यानेजमेन्ट, भेकल्स मेन्टेनस लगायत ७ वटा गेट रहनेछ । जहाजमा इन्धन भर्नको लागि पम्पबाट ट्याङकरले ३ सय मिटर दूरि गुड्नु पर्नेछ ।

निगमले इन्धन भण्डारण स्थल  निर्माणमा प्रारम्भिक चरणको मात्र काम गरेको नायब कार्यकारी निर्देशक शुसिल भट्टराईले बताए । अहिले प्रारम्भिक चरणको काम भैरहेको छ, खर्च समय कति लाग्ने भन्ने विषय टुङगो लागिसकेको छैन, निर्देशक भट्टराईले भने-पम्प अन्तर्राष्ट्रिय मापदण्दको हुने भएकोले सबै तहको स्वीकृति लिनुपर्छ ।

तत्कालका लागि भने निगमले ट्याङकरबाटै इन्धन उपलब्ध गराउने तयारी गरेको छ । यसको लागि ट्याङकर र रिफ्युलरको व्यवस्थापनमा जुटिसकेको छ । अहिले विमानस्थलको धावन मार्गको काम अन्तिम चरणमा पुगेको छ भने आउँदो असारमै परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.