तारागाउँ रिजेन्सी होटलमा एडीबीको लगानी शंकाष्पद

  २०७५ चैत २४ गते १९:३८     विकासन्युज

काठमाडौं । तारा गाउँ रिजेन्सी होटलमा एसियाली विकास बैंक(एडीबी)ले गरेको लगानी संकास्पद देखिएको छ ।

प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँ रिजेन्सी होटलमा एडीबीले गरेको लगानी संकास्पद देखिएकाले थप छानविन गर्न आवश्यक रहेको प्रतिवेदन तयार पारेको हो ।

पूर्व मन्त्री तथा सांसद अग्ति प्रसाद सापकोटाको नेतृत्वमा गठित उप समितिले एसियाली विकास बैंकले तारा गाउँ रिजेन्सी होटलमा लगानी गरेका प्रमाणहरु फेला नपरेको निष्कर्ष निकालेको हो । आइतबार समितिमा प्रतिवेदन बुझाउँदै उप समितिका संयोजक सापकोटाले भने–‘एडिबीले लगानी गरेको भनियो, तर कुन माध्यमबाट त्यस्तो पैसा नेपाल भित्रियो भन्ने केहि पनि देखिएन, त्यसकारण एडिबीको लगानी संकास्पद देखिएकाले थप छानविन गर्नुपर्ने आवश्यकता औँल्याएका हौं ।’

एसियाली विकास बैंकले प्रति कित्ता एक सय रुपैंयाँ दरको सेयरलाई प्रति कित्ता ६१ रुपैंयाँमा बेचेको थियो । तारागाउँ रिजेन्सी होटलमा सन १९९३ सालमा एडिबीले ७ करोड ५० लाख रुपैंयाँ लगानी गरेको थियो एडीबीले तारा गाउँ रिजेन्सीमा लगानीका लागि वित्तिय च्यानल मार्फत पैसा ल्याएको नदेखिएको, अर्थमन्त्रालयबाट स्वीकृति समेत नलिएको उप समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

उप समिति सदस्यहरुले नेपालमा सुशासनको प्रवचन दिने एसियाली विकास बैंकल आफ्नै लगानीको श्रोत र पैसा ल्याएको माध्यम देखाउन नसकेको आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.