विकास बैंकहरुको सीसीडीमा व्यापक सुधार, वाणिज्य बैंकको ८१.०३ प्रतिशत

  २०७५ चैत २२ गते १९:३१     विकासन्युज

काठमाडौं । विकास बैंकहरुले आफ्नो आफूले प्रवाह गर्ने कर्जामा निक्षेप र पुँजीको अनुपातमा व्यावक सुधार गरेका छन् । माघ महिनामा समस्यामा परेका बैंकहरुले फागुन महिनामा सो अनुपात ७५.५४ प्रतिशतमा सीमित गरिदिएका हुन् । माघ महिनामा यो दर ८१.३८ प्रतिशत पुगेको थियो ।

वाणिज्य बैंकहरुले आफ्नो निक्षेप र कर्जाको पोर्टफोलियोमा यसरी सुधार ल्याउँदा वाणिज्य बैंकहरु भने झन् अराजक बन्दै गएका छन् । माघ महिनामा ८०.९५ प्रतिशतमा सीमित भएको उनीहरुको सीसीडी अनुपात फागुनमा झन् बढाएर ८१.०३ प्रतिशत पुर्याएका हुन् ।

फाइनान्स कम्पनीहरुले भने सो दरमा अघिल्लो महिनाको भन्दा सुधार ल्याई ८०.३२ प्रतिशतमा झारेका छन् । अघिल्लो महिना यो दर ८१.१२ प्रतिशत थियो । यो दर अनुसार बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत सीसीडी अनुपात भने ८०.५७ प्रतिशत सहेको देखिएको छ । यो अघिल्लो महिनको भन्दा ०.६४ प्रतिशतले कम हो । विकास बैंकले गर्ने लगानीका उच्च सुधार आउनाले त्यस्तो सुधार देखिएको हो ।

औसत अवस्थामा सुधार आए पनि केही वाणिज्य बैंकहरु भने लगानीयोग्य पुँजीको अभावको संकटले थप संकटग्रस्त भएको बताइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार केही बैंकहरुको यो दर ८५ प्रतिशतसम्म पुगेको छ । उक्त दाबीलाई राष्ट्र बैंकको तथ्याङ्कले समेत पुष्टि गर्छ ।

विकास बैंकहरुले सीसीडी अनुपातमा यस्तो सुधार गरे पनि उनीहरुले निक्षेप विस्तार वा कजाए लगानी कम गरेर भने त्यस्तो सुधार ल्याएका होइनन् । रिजर्भमा सुधार र बोनस, हकप्रद लगायतका औजारहरुबाट थपिएको पुँजीको कारण त्यस्तो देखिएको हो । करिब ६ प्रतिशतको सीसीडी घटाएका विकास बैंकहरुको कर्जा र निक्षेपको अनुपात भने अघिल्लो महिनाको ९०.९१ बाट ८९.६० मा मात्रै झरेको छ ।

वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुको भने ८९.३७ बाट ८९.१९ मा झर्दा फाइनान्स कम्पनीहरुको ९४.९२ प्रतिशत बाट ९३.६४ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.