श्रम र रोजगार क्षेत्रमा यसरी हुँदैछ सुधारः मन्त्री विष्टले के गरे, अब के गर्दैछन् ?

  २०७५ चैत २२ गते १६:४५     खेमराज श्रेष्ठ

काठमाडौं । दुई तिहाई सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । वर्तमान मन्त्री मण्डलका सदस्य मध्ये गोकर्ण विष्टले मन्त्री भएको १ वर्षको अवधिमा धेरै काम देखाएका छन् । जसले गर्दा विष्ट अहिलेको मन्त्री मण्डलका चर्चित मन्त्री बनेका छन् ।

मन्त्री विष्टको कामले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चर्चा चुलिएको छ । मन्त्री हुने बित्तिकै २-३ महिना जति अध्ययनमा जुटेका विष्ट अहिले एकपछि अर्को समस्याको पहिचान गर्न व्यस्त रहे ।

देशमा बेरोजगारी व्याप्त छ, त्यसमा अझ दक्ष जनसक्ति नहुँदा समस्य थपिने नै भयो । देशका अधिकांश मानिस कृषिमा आधारित र वैदेशिक रोजगारको लागि दौडधुप गरिरहेको अवस्थामा बिष्टले एक वर्षमा श्रम क्षेत्र सुधारको लागि सक्दो प्रयास गरेका छन् । बिष्टले श्रमिकको तलब बैंक खाताबाटै प्रदान गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको स्थापना, वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने प्रयास गरेका छन् ।

सामाजिक सुरक्षाकोष सञ्चालनमा
निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि पेन्सन दिने सामाजिक सुरक्षाकोष सञ्चालनमा आएको छ । न्यूनतम पारिश्रमिकको १० प्रतिशत रोजगार दाताले जम्मा गर्ने र ११ प्रतिशत श्रमिकको गरी २१ प्रतिशत कोषमा जम्मा गर्ने गरी सामाजिक सुरक्षाकोष सञ्चालनमा आएको छ । अहिले कोषले रोजगारदातालाई कोषमा दर्ता र श्रमिकको संख्या पहिचान गर्ने काम गरिरहेको छ । यसले निजी क्षेत्रमा काम गर्नेहरुले समेत पेन्सन, बीमा लगायतका सुविधाहरु लिन सक्नेछन् ।

फ्रि भिषा फ्रि टिकट
बैदेशिक रोजगारीको शिलशिलाम खाडी मुलुकमा जानेहरुका लागि लागि मन्त्री बिष्ट फ्रि भिसा र फ्रि टिकटको पक्षमा दरिलो भएर लागेका छन् । बैदेशिक रोजगार व्यवसायीहरुको चर्को दबावका बीचमा मन्त्री विष्टयसलाई लागू गराएरै छोड्ने तयारीमा छन् ।

रोजगार नभए भत्ता
प्रधानमन्त्री रोजगार कार्याक्रम अन्र्तगत रोजगार कार्यक्रमलाई मन्त्री बिष्टले अघि बढाईसकेका छन् । ७५३ वटै स्थानीय निकायमा बेरोजगारको संख्या यकिन गरी १०० दिनको रोजगारी नभए निर्वाह भत्ता प्रदान गर्ने गरी कार्यक्रमको सुरुवात भैसकेको छ । यो कार्यक्रम न्युन आय भएका मानिसहरुका लागि लक्षित रहेको छ ।

कल सेन्टरको स्थापना
रोजगार सम्बन्धी गुनासो, समस्या, सल्लाह सुझाव दिनको लागि मन्त्रालयले कल सेन्टरको स्थापना गरेको छ । जुनसुकै देशबाट फोन गरी आफ्नो समस्याको बारेमा उजुरी वा सुझाव दिन सकिनेछ । यसको लागि मन्त्रालयले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म कल गर्न सकिने व्यवस्था गरेको छ भने अवस्था हेरेर २४ सै घण्टा सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ ।

श्रम सम्बन्धी आउन सक्ने सबै प्रकृतिको समस्या यसमा टिपाउन सकिन्छ । यदि कुनै म्यानपावर कम्पनीले ठगी गर्यो, कर्मचारीले काम गर्न आनाकानी गरे, स्वदेशी कम्पनीहरुले समयमै तलब दिएनन्, विदेशमा काम गर्ने क्रममा जेल परे, या कुनै किसिमको समस्या भए सिधै कल सेन्टर मार्फत उजुरी गर्न सकिनेछ । गम्भीर प्रकृतिको उजुरी आए सिधै मन्त्री विष्टको मोबाइलमा जाने व्यवस्था पनि कल सेन्टरले गरेको छ ।

७ प्रदेशबाट श्रम स्वीकृति
वैदेशिक रोजगारबाट जान चाहने व्यक्तिको लागि ७ वटै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मन्त्रालयले मिलाइसकेको छ । यसअघि स्वीकृति लिन काठमाडौं मै आउनु पर्ने बाध्यता रहेको थियो ।

विदेशबाट फर्केका कामदारको सिप परीक्षण
विभिन्न मुलुकमा काम गरेर फर्केका कामदारहरुसँग भएको सिप परीक्षण गरी मन्त्रालयले प्रमाण पत्र प्रदान शुरु गरेको छ । प्रमाण पत्रकै आधारमा कुनै व्यवसाय गर्न चाहेमा त्यस्ता व्यक्तिले सहुलियत ऋणको समेत सरकारले व्यवस्था गरेको छ ।

रोजगारीको क्षेत्र पहिचान गर्दै
रोजगारीको आकर्षक देश मानिएको जापानसँग सरकारले श्रम सम्झौता गरिसेको छ । नेपाली रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक, इजरायल लगायतका देशमा अझ बढी रोजगारीको क्षेत्र पहिचानमा मन्त्रालय व्यस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.