नेपाल-भारत हस्तकला प्रदर्शनी शनिबारदेखि, हस्तकला व्यापार बढाउने लक्ष्य

  २०७५ चैत १५ गते १८:४३     विकासन्युज

काठमाडौँ । साउथ एसिया फाउण्डेसनको पहलमा शनिवारदेखि ४ दिने नेपाल–भारत हस्तकला प्रदर्शनी हुने भएको छ । शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय राजदुत एसएच मन्जीव सिंह पुरीको पनि उपस्थिति रहनेछ ।

नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कालीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बारेमा बृहत रुपमा जानकारी दिइने आयोजकले जनाएका छन् ।

नेपाल–भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसैगरी काउन्सिल अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीलाई भारतीय राजदुतावास, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ । प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागिता रहनेछ । त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.