ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै

  २०७५ चैत १४ गते १६:४९     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।

संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.