सहयोगी विकास बैंकले शुरु गर्यो एटीएम सेवा

  २०७५ फागुन २८ गते १५:२७     विकासन्युज

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको शुरुवात गरेको छ । उक्त एटीएम सेवाको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका हुन् । बैंकको केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिए ।

बैंकको केन्द्रीय कार्यालय लगायत महोत्तरीको बर्दिवास शाखा, गौशाला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ । यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलेहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् ।

जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.