झापाको बिर्तामोडमा खुल्यो कामना सेवाकोे ७० औँ शाखा

  २०७५ फागुन २८ गते १४:३०     विकासन्युज

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकामा मंगलबार शाखा बिस्तार गरेको छ । बिर्तामोडमा ७० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखाभएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.