उदयपुरको कटारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७५ फागुन २२ गते १६:०६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उदयपुरको कटारीस्थित श्री माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने सम्बन्धि छलफल भएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्र.अ. नारायणप्रसाद अधिकारी र अतिथिमा स. प्र.अ. जितेन्द्र यादव रहेका थिए । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३०० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.