नेपाल चेम्बर र इन्डो-लेटिन अमेरिकन चेम्बरबीच समझदारी

  २०७५ फागुन २१ गते १७:२७     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इन्डो-लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चेम्बर भवन कान्तिपथमा सम्पन्न एक कार्यक्रमका बीच भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राज कुमार शर्माले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले लेटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक संघ–संस्थाहरुसंग बलियो सम्बन्ध भएको इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्ससंगको सम्बन्धबाट नेपाल चेम्बर अफ कमर्सको सम्बन्ध सिधै लेटिन अमेरिका सम्म पुग्ने बिश्वास व्यक्त गरे ।

इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष राजकुमार शर्माले उक्त समझदारी पत्रबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र सांस्कृतिक रुपमा समेत जोडिएर लेटिन अमेरिकी मुलुकमा नेपालको संस्कृतिको समेत प्रबद्र्धन हुने कुरा उल्लेख गरे ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ६७ वटा बिभिन्न अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु कमलेश अग्रवाल, महेन्द्रमान श्रेष्ठ र नरेश श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.