युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा, २४० % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

  २०७५ फागुन १६ गते १६:२१     विकासन्युज


काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ ।

बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी र चुक्तापूँजी एक अर्ब दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.