चैत ४ गते एलआईसी नेपालको साधारणसभा, के के छन् विशेष प्रस्ताव ?

  २०७५ फागुन १२ गते १३:५६     विकासन्युज

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)(नेपाल)को १६औँ वार्षिक साधारणसभा आगामी चैत ४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बस्दै छ ।

सो प्रयोजनका लागि फागुन २१ गतेदेखि चैत ४ गतेसम्म इस्योरेन्सको बुक क्लोज हुँदै छ ।

उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने इन्स्योरेन्सको संचालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात इन्स्योरेन्सको पुँजी बढेर एक अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.