सुन तोलामा २ सयले सस्तियो

  २०७५ फागुन ९ गते ११:४५     विकासन्युज

काठमाडौं । बिहिबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ६३ हजार ३ सयमा बिक्री भएको बिहिबार ६३ हजार १ सयमा कारोबार भइरहेको छ ।

फागुन महिनाकै उच्च मूल्यमा बुधबार कारोबार भएको सुनको मूल्य २ सय रुपैयाले कमि घटेको हो । यसैगरी तेजाबी सुन बुधबारको तुलनामा २ सय रुपैया घटेको छ ।

बुधबार तोलाको ६३ हजारमा कारोबार भएको तेजाबी सुन बिहिबार प्रति तोला ६२ हजार ८ सयमा कारोबार भईरहेको छ । चाँदी भने प्रति तोला ७ सय ८५ले कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.