२ वर्षभित्र बागमतीमा नुहाउन पाइने, मन्त्रीले भने-‘नत्र कारबाही हुन्छ’

  २०७५ फागुन ६ गते ८:४५     विकासन्युज

काठमाडौं । आगामी २ वर्षभित्र बागमती नदी नुहाउन योग्य हुने भएको छ । बागमती सभ्यता एकीकृत विकास समितिले आगामी २ वर्षभित्र बागमति नदीलाई नुहाउन योग्य बनाउने प्रतिवद्धता जनाएको हो ।

आइतबारको बैठकमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई बोलाएर २ वर्षभित्र बागमती नदीलाई नुहाउन योग्य बनाउन निर्देशन दिए । मन्त्री राईले समय तोकेर कार्यायोजना ल्याउन निर्देशन दिँदै भने–‘२ वर्षभित्र बागमतिमा नुहाउन सक्नुपर्छ, कहाँ कहाँ र कतिवटा ट्रिटमेन्ट प्लान्ट राख्ने हो, त्यसको योजना बनाउनुस, नत्र अब सहेर बस्न सकिन्न ।’

उनले तत्काल ठोस योजना बनाएर पेश नगरे समितिका पदाधिकारीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् । उनले अगाडी थपे,‘बाग्मतीको पानी पिउन योग्न बनाउन समय लाग्ला तर नुहाउन योग्य बनाउने गरी कार्यायोजना ल्याउनुहोस्, मैले कहाँ गएर कुन मन्त्रालयसँग समन्वय गर्नुपर्छ त्यो गर्न म तयार छु ।’

मन्त्री राईले पहुँच र शक्तिकेन्द्रको प्रभावमा भन्दा पनि आवश्यकता र प्राथमिकताका आधारमा बाग्मती आयोजनाको काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिए । बाग्मती लगायतका नदीको सफाईमा लामो समयदेखी अहाेरात्र खटिएका अभियन्तासँग समन्वय गरेर आवश्यकताका आधारमा बजेटको कार्यक्रम तय गर्न ध्यानाकर्षण गराउँदै मन्त्री राईले बाग्मतीका नाममा कसैले पनि राजनीति गर्न नहुने बताए । बैठकमा शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिहंले सबै पक्षको समन्वयले बाग्मती सफाई अभियानले ३ सय हप्ता पार गरेको भन्दै यसलाई मुर्तरुप दिन आफ्नो मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.