शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

  २०७५ माघ २९ गते १५:५५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस संगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.